१५ मंसिर २०८०, शुक्रबार

दक्षिण कोरियाले फेरि नेपाली कामदार लैजान रोक लगायो

खबर सबैको समाचारदाता शुक्रबार, माघ २८, २०७८

दक्षिण कोरियाले नेपालीसहित आप्रवासी कामदार लैजान रोक लगाएको छ। कोरोना भाइरस संक्रमणदर पुनः तीब्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाल लगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको हो। दक्षिण कोरियामा कोरोना भाइरसले पुनःमहामारीको रुप लिएकोले त्यहाँ रहेका नेपालीलाई स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न पनि उनले आग्रह गरे।

जसले गर्दा १४ फेब्रअरीमा तय भएको नियमित उडान तालिका स्थगित गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उद्धृत गर्दै सउलस्थित नेपाली दूतावासले जानकारी गराएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संक्रमणदर कम हुनासाथ रोकिएका श्रमिकहरुलाई तत्काल पठाउने व्यवस्था हुने विश्वास दिलाएका छन्।

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा ठूलो संख्यामा नेपाली युवाहरु छन्।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: