१६ चैत्र २०८०, शुक्रबार

नुनको भारी नामक गितको भिडियो सार्बजनिक

खबर सबैको समाचारदाता शनिबार, माघ २९, २०७८

“नुनको भारी” नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । दुर्गम कर्णालीको पिडालाइ यथार्थ चित्रण गरिएको गीतको भिडियो शुक्रबार बादल थापा अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

लेखराज गिरिको शब्द रहेको गीत नुनको भारिमा लय तथा स्वर बादल थापाको रहेको छ । हेर यो मुटुमा चिरा पर्याछ , रुदा रुदै , धुरुरु जस्ता हिट गीत गाइसकेका बादलका लागि पनि यो गीत अलि पृथक अनुभव रहेको बताउँ छन् ।

समिक्षा फिल्म्सले निर्माण गरेको भिडियो डोल्पामा छाँयांकन भएको छ । भिडियो १६ दिन लगाएर डोल्पाका विभिन्न स्थानमा छाँयांकन भएको निर्माणता अर्जुन डोटेलले जानकारी दिएका छन् । भिडियो भिमसेन कल्याल ठकुरीले छायांकन र बिनय राज पौडेलको निर्देशन रहेकोछ । अनिस घर्तिले ड्रोन अपरेट गरेको भिडियो पदम सुबेदिले सम्पादन गरेकाछन्, भने रङ संयोजन मिलन बिश्वकर्माको रहेकोछ।

भिडियोमा मोटर नपुगेको कारण कर्णालीमा सधैंभरी भोको पेटमा भारी बोकेर अफ्ठ्यारो गोरेटो हिड्नु पर्ने बाध्यताका साथसाथै बिरामी हुँदा औषधिको अभाब र उपचार गर्न शहर आउनु पर्दा नि हवाइजहाजको टिकट महँगो भएर त्यहाँका बासिन्दा अकालमै मर्नुपर्ने जस्ता दर्दनाक पीडा भिडियोमा झल्काइएको छ ।

कर्णाली विशेष गरेर डोल्पा, हुम्ला र मुगुको कथा बोकेको भिडियोमा लक्ष्मण देबकोटा र सरस्वती खत्रीको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस् 

यहाँ कमेन्ट गर्नुहोस्