०४ कार्तिक २०८१, आइतबार

काँग्रेसले भोलिको संसद बैठकमा एमसीसी टेबल गराउने

खबर सबैको समाचारदाता, काठमाडाैं मंगलबार, फाल्गुण ०३, २०७८

नेपाली काँग्रेसको बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउने निर्णय गरेको छ। मंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकले बुधबारको प्रतिनिधिसभामा एमसीसी टेबल गराउने निर्णय गरेको हो ।
मंगलबार बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकलाई सम्बोधन गर्दै काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने बताएका थिए ।

उनले एमसीसीमा एमालेले दोहोर चरित्र देखिएको बताउँदै अरु कम्युनिस्टले पनि दोहोरो चरित्र देखाएको धारणा राखेको ती सांसदको भनाइ छ । यद्यपि यसमा सरकारले मनाउन पहल गर्ने देउवाको भनाइ छ । संसद बैठक भोलि १ बजेका लागि बोलाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्