१० जेठ २०८१, बिहिबार

बोलेरो जीपले ठक्कर दिँदा एक जना बालकको घटनास्थलमै मृत्यु

खबरसबैको, हुम्ला बिहिबार, फाल्गुण ०५, २०७८

हुम्ला- हुम्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाको कवाडी बजारमा बोलेरो जीपले ठक्कर दिँदा एक जना बालकको घटनास्थलमै मृत्यु भएको छ ।

सदरमुकाम सिमकोटबाट चार दिन पैदल लाग्ने कवाडी बजारको सडकमा खेल्दै गरेको बालकलाई बाजुराको धुला चौरतर्फ जादै गरेको बोलेरो जीपले ठक्कर दिँदा बालकको मृत्यु भएको छ ।

प्रहरी नायब उपरिक्षक हेरम्ब शर्माका अनुसार बुधबार बेलुका ताँजाकोट गाउँपालिकाको केन्द्र छप्रेलाबाट धुलाचौर हुँदै बाजुरातर्फ जाँदै गरेको बोलेरो जीपले ताँजाकोट गाउँपालिका– २ मैला गाउँका सुर्जविर लुवारको वर्ष ५ को छोरा मनिस लुवारलाई कवाडीमा खेल्दै गरेको बेला जीपको पछाडीको चक्काले ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको होे ।

जिल्ला प्रहरी कार्यालय, हुम्लाका अनुसार क.प्र.०२००१ ब ००४५ नम्बरको बोलेरो जीपले बालकलाई ठक्कर दिँदा मृत्यु भएको हो ।

जीप चालक कालिकोट जिल्ला रास्कोट नगरपालिका– ४ स्थायी ठेगाना भएका २१ वर्षका चेतना शाही र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । चालकलाई जिल्ला प्रहरी कार्यालय, हुम्लामा ल्याउदै गरिएको जानकारी  प्रहरी नायब उपरिक्षक शर्माले जानकारी दिएकाछन्।

यहाँ कमेन्ट गर्नुहोस्