०३ कार्तिक २०८१, शनिबार

नेपालमा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

खबरसबैको, काठमाडौं बिहिबार, फाल्गुण ०५, २०७८

नेपालमा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आज ९ हजार ७८९ जनाको परीक्षण गरिएको छ।

७ हजार २८ जनाको पिसिआर परीक्षण र २ हजार ७६१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पिसिआरबाट ३६४ र एन्टिजेनबाट २०६ जनामा संक्रमण पुष्टि भएको हो।

देशभर १६ हजार ६१६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएका छन्। यस्तै एक हजार ९९३ जना संक्रमणबाट निको समेत भएका छन्।

यहाँ कमेन्ट गर्नुहोस्