०६ कार्तिक २०८१, मंगलबार

आधा दर्जन प्रजिअको सरुवा, हुम्लामा सीता परियार लाई प्रजिअको जिम्मेवारी

परियार दलित समुदायबाट सीडीओ बन्ने पहिलो महिला

खबरसबैको, काठमाडौं शुक्रबार, फाल्गुण ०६, २०७८

गृह मन्त्रालय केही प्रमुख जिल्ला अधिकारी(प्रजिअ)हरूको सरुवा गरेको छ ।गृह मन्त्रालय स्रोतका अनुसार युवराज कट्टेललाई धनकुटाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने नुवाकोटको प्रजिअमा नारायण रिसाल पठाइएको छ।

त्यहाँ रहेका जीवन प्रसाद दुलाललाई मन्त्रालय तानिएको छ।राम बहादुर शाहीलाई जाजरकोट पठाइएको छ। त्यहाँका प्रजिअ प्रेम प्रसाद देवकोटालाई बर्दियाको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ। देवकोटालाई बर्दिया सरुवा गरेसँगै त्यहाँ कार्यरत माधव थापालाई भक्तपुरको सहायकमा पठाइएको छ।

हुम्लाका प्रजिअ गणेश आचार्यलाई अध्यागमनमा सरुवा गरिएको छ। यसैगरी कृष्ण बहादुर खड्काको रुकुम पूर्व खटाइएको छ भने भक्तपुरकी सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारलाई हुम्लाको प्रजिअको जिम्मेवारी दिइएको छ।उनी दलित समुदायबाट सीडीओ बन्ने पहिलो महिला बनेकी छिन्।दलित समुदायबाट पुरुषहरू यसअघि पनि सीडीओ बनिसकेको भएपनि महिलामा पहिलो भएको जनाइएको छ ।

शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी कास्की रुपा गाउँपालिका–१ स्थायी निवासी परियार भक्तपुरमा सहायक सीडीओ हुनुअघि तत्कालीन जिल्ला विकास समितिको कार्यालयमा स्थानीय विकास अधिकारीकोरुपमा समेत अनुभव सँगालेकी छिन्।

यहाँ कमेन्ट गर्नुहोस्