३० आश्विन २०८१, बुधबार

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका दलहरूको बैठक सुरू

खबर सबैको समाचारदाता, काठमाडाैं शुक्रबार, फाल्गुण ०६, २०७८

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका दलहरूको बैठक सुरू भएको छ। एमसिसी संसदमा टेबल गर्ने विषयमा छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताहरूको बैठक बसेको हो।

बालुवाटार बैठकअघि प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको बैठक भएको थियो। बैठकमा प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायत तीनै पार्टीका मुख्य नेताहरू उपस्थित थिए।

 

यहाँ कमेन्ट गर्नुहोस्