३० आश्विन २०८१, बुधबार

नेपाल टेलिकमले भोलि दिनभर भ्वाइस ओभर एलटीई कल निःशुल्क प्रदान गर्ने भएको छ।

खबरसबैको, काठमाडौं शुक्रबार, फाल्गुण ०६, २०७८

नेपाल टेलिकमले ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा भोलि दिनभर भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको छ । नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा कम्पनीको भोलि निःशुल्क सेवा उपलब्ध गराउन लागेको हो ।

प्रजातन्त्र दिवसको अवसरमा एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने टेलिकमले जनाएको छ ।

फागुन ७ गते एमपोसबाट गरिने २०० देखि ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्