०१ कार्तिक २०८१, बिहिबार

फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि

खबर सबैको समाचारदाता, काठमाडाैं शनिबार, फाल्गुण ०७, २०७८

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो ।

अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु ५.१ ले बढेको, डिजेल रु ५.६२ ले बढेको र हवाई इन्धन रू ४.९५ ले बढेर आएको र यस अनुरूप निगमलाई १५ दिनमा करीब रू २ अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन परेको निगमको भनाइ छ ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ । ग्यासमा घाटा भएपनि मूल्य नबढाइएको निगमले जानकारी दिएको छ ।

मूल्य समायोजनले निगमको १५ दिनको जम्मा घाटा करिब रू २ अर्व ४० करोडबाट करिब रू २५ करोडले घटी अझै करीब रू २ अर्ब १५ करोड घाटा यथावत नै रहने निगमले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्