०१ कार्तिक २०८१, बिहिबार

एमसिसीविरूद्ध सर्वोच्च अदालतमा रिट

खबर सबैको समाचारदाता, काठमाडाैं सोमबार, फाल्गुण ०९, २०७८

संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसिसीका कतिपय प्रावधान नेपालको संवैधानिक सर्वोच्चता र सार्वभौमिकताविरूद्ध भएकाले यसलाई अघि बढाउन नहुने भन्दै रिट पेस गरेका हुन्।उनले एमसिसी सम्झौता अन्तर्राष्ट्रिय कानुन खासगरी भियना कन्भेन्सन १९६९ अनुसार सन्धिको श्रेणीमा नै नपर्ने हुनाले संसदबाट अनुमोदन गर्न नपर्ने जिकिर गरेका छन्।

सर्वोच्च प्रशासनले अध्ययन गरेर रिट दर्ता गर्नेरनगर्ने जानकारी भोलि दिने भनेको वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बताए।

उक्त रिट दर्ता भने भइसकेको छैन।

यहाँ कमेन्ट गर्नुहोस्