१५ चैत्र २०८०, बिहिबार

देशभर ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि

कुल ९ हजार ४ सय २४ नमूनाको परिक्षण

खबरसबैको समाचारदाता, काठमाडाैं मंगलबार, फाल्गुण १०, २०७८

काठमाडाैं -चाैविस घण्टामा देशभर ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कुल ९ हजार ४ सय २४ नमूनाको परिक्षण गर्दा ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

चाैविस घण्टामा ८ सय ३१ जना संक्रमित निको भएका छन्  भने सोही अवधिमा ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय २८ पुगेको छ ।

हाल १० हजार ७ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् ।

 

यहाँ कमेन्ट गर्नुहोस्