०१ कार्तिक २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा २५६ जनामा कोरोना सङ्क्रमण पुष्टि

पाँच हजार १०३ जनाको पीसीआर परीक्षण

खबरसबैको समाचारदाता, काठमाडाैं बुधबार, फाल्गुण ११, २०७८

काठमाडाैं- पछिल्लो २४ घण्टामा २५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन हजार ५९० जनाको एन्टीजेन परीक्षण गर्दा ५६ जनामा सङ्क्रमण पुष्टि भएको छ । ९११ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार कुल आठ हजार ६९३ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर ३१२ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३० पुगेको छ ।

त्यस्तै नेपालमा हाल १० हजार ९० जना सक्रिय सङ्क्रमित छन् ।

यहाँ कमेन्ट गर्नुहोस्