०१ कार्तिक २०८१, बिहिबार

सिमकोटका विभिन्न बस्तिमा चैतलो पर्व बिहीबार बाट सुरु

खबरसबैको समाचारदाता, हुम्ला बिहिबार, फाल्गुण १२, २०७८

हुम्ला- सिमकोटका विभिन्न बस्तिका महिलाहरुको विशेष, चैतलो पर्व बिहीबारबाट सुरु भएको छ।

हरेक वर्ष फागुन १२ गते मनाइने चैतलो पर्व महिलाहरुले पहेलो पहिरन पिताम्बर वस्त्र धारण गरेर मनाइने अलग्गै बिशेषता रहेको पर्व हो ।

किम्वदन्ती अनुसार ठेहे गाउँनजिक रहेको खार्पुनाथ गाउँको हिमालबाट आएको एक राक्षसले फागुन १२ गतेकै दिन चैतलो खेलिरहेको समयमा एक महिलालाई अपहरण गरेर लगेपछि यो पर्व मनाउने चलन चलेको स्थानीयको विश्वास छ।परापूर्वकालमा चैतलो पर्वकै दिनमा राक्षसले महिलालाई भगाएर लगेपछि राक्षसलाई फकाएर महिलालाई फर्काउन पुरुषले चैतलो खेलिरहेकै समयमा फोहर कपडा लगाइ खरानी बोकेर छर्किँदै जाँदा राक्षस भुलिएको किंबदन्ती रहेको छ।

बसन्त ऋतुलाई स्वागत गर्ने पर्वका रूपमा रहेको यो पर्वमा महिलाहरूले गाउँको सभास्थल ‘चौपाडी वा भुओखाडो’ मा सामूहिक गीत गाउदै नाचेर, विभिन्न सांस्कृतिक झाँकि सहित मनाइ रहेका छन्।

यो पर्व हुम्लाको सिमकोट गाउँपालिकाको ठेहे र सिमकोटमा मनाइन्छ ।

दुई दिनसम्म लाग्ने चैतलो पर्वमा विभिन्न किसिमका स्थानीय संस्कृतिका नृत्य गरेर मनाउने गर्द छन्।

 

 

 

यहाँ कमेन्ट गर्नुहोस्