०१ बैशाख २०८१, शनिबार

नेकपा (एकीकृत समाजवादी) अदानचुलीले जनप्रतिनिधिको सातो बोलाइएको छ (भिडियो सहित)

नरजन तामाङ शुक्रबार, फाल्गुण १३, २०७८

विहिबार हुम्लाको अदानचुली गाउँपालिकामा स्थानीय सरकारले बाटो बिराएको भन्दै स्थानीय तहका जनप्रतिनिधिको सातो बोलाइएको छ। स्थानीय तहले विकास नगरेको भन्दै नेकपा (एकीकृत समाजवादी) अदानचुली गाउँ कमिटीले सातो बोलाउने कार्यक्रम गरेको हो।

स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी कोही नबस्ने र कुनै विकासको कामसमेत नभएकाले उनीहरूको सातो बोलाएर कार्यक्रम गरिएको एकीकृत समाजवादी अदानचुली गाउँ कमिटीका अध्यक्ष नवराज कार्कीले जानकारी दिए।

वर्षौँ बितिसक्दासमेत स्थानीय तहमा कुनै काम नहुने तथा जनप्रतिनिधि र कर्मचारी नबस्ने समस्या भएपछि सातो बोलाएको उनले बताए।

 

भिडियो

 

यहाँ कमेन्ट गर्नुहोस्