०१ बैशाख २०८१, शनिबार

नेकपा एमाले हुम्लाको अध्यक्षमा हमाल, सचिवकाे अझै टुङ्गो लागेन

खबरसबैको समाचारदाता, हुम्ला शनिबार, फाल्गुण १४, २०७८

हुम्ला-नेकपा एमाले हुम्लाको नवौं जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष कलबहादुर हमाल भएका छन् ।

नेकपा एमाले हुम्लाले निकै रस्साकस्सी पछि जिल्ला अध्यक्षमा कलबहादुर हमाललाई छनाेट गरेकाे छ । चारदिनपछि सकसका बिच जिल्ला अध्यक्षमा हमाल र्विरोध चयन गरेकाे हाे । उपाध्यक्ष डबल रावत,उप सचिवमा तिर्थराज बाेहरा र बिमला शाही चयन भएका छन्। भने सचिवकाे अझै एमाले टुङ्गो लगाउन सकेकाे छैन। 

सचिवमा सकस भएपछि पनि टुंगो पुग्न नसकेकाे छैन, तर जिल्ला कमिटिकाे नामावाली सार्वजनिक हुने भएकाे जानाइएको छ । नेकपा एमाले हुम्लाको ९० सदस्यीय जिल्ला कमिटि बन्ने भएकाे छ ।‍

अध्यक्ष हमाल नेकपा एमाले हुम्लाका संस्थापक नेता हुन् । पार्टीमा राम्रो छविहुनुका साथै २०६२/०६३ को सात दलको संयुक्त आन्दोलनका हुम्ला जिल्ला संयोजक, इमान्दार, त्यागी, जनप्रेमी,आन्दोलनमा टाउको फुटाउने निडर, पार्टीलाई संकट्पर्दा नेतृत्व दिन तयार हुने नेताका रूपमा परिचित छन् ।

अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएपछि सहयोग गर्ने सबैलाइ धन्यवाद दिदैं जुन बिश्वासले जिल्ला अध्यक्ष पदमा निर्वाचित गर्नु भएको छ त्यो बिश्वास लाइ सत्य मा परिणत गर्ने र हुम्ला नेकपा एमाले लाइ थप उचाईमा पुगाउन दिन रात नभनि काम गर्ने बताएका छन् ।

नेकपा एमाले हुम्लाको अध्यक्षका लागी तीनजना आकांक्षी रहेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्