११ आश्विन २०८०, बिहिबार

कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पुगे, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लामा(भिडियो सहित)

खबरसबैको समाचारदाता, हुम्ला सोमबार, फाल्गुण १६, २०७८

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कार्चेन लामा हुम्लामा पुगेका छन् । लामा कर्णाली प्रदेशको वन पर्यटन तथा वातावरण मन्त्री भएपछि दोश्रो पटक हुम्ला पुगेका हुन् । गृह जिल्ला पुगेका मन्त्री लामाले नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई प्रशिक्षण गरेका छन् ।

मन्त्री लामा यस अघि जनआनदोलन दिवस फागुन २ गते हुम्लाको ताँजाकोट अदानचुली र चंखेली गाउँपालिका पुगी घर दैलो कार्यक्रम संचालन सँगै सहिद वक्त वुढाका घर परिवार सँग भेटघाट गरेका थिए ।

सोमबार विहान हुम्ला पुगेका मन्त्री लामालाई हुम्लामा भव्यरुपमा स्वागत गरिएको थियो । लामा मन्त्री भएको खुसियालीमा बजार र्याली सहित निकाली नेकपा माओवादी केन्द्र पार्टी कार्यालयमा पुगेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: