१२ जेठ २०८१, शनिबार

श्रद्धान्जली दिन खार्पु पुगेकी पुर्ब कृषि मन्त्री केसीले लाश बोकिन

खबरसबैकाे बुधबार, फाल्गुण १८, २०७८

हुम्ला-  कर्णाली प्रदेश सरकारकी पुर्ब कृषि मन्त्री बिमला केसीले खार्पु पुगेर लाश बोक्दै अन्तिम श्रद्धान्जली दिएकी छन् ।

 नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं हुम्ला जिल्ला इन्चार्ज बिजय भण्डारीका बुवाको मृत्यु भएकोले उनी श्रद्धान्जली दिन खार्पु पुग्ने क्रममा लाश बोकेकी हुन ।
महिलाले लाश बोक्न हुँदै भन्ने हुम्ला जिल्लामा रहेको मान्यतालाई तोड्दै पुर्बमन्त्री केसीले लाश बोक्ने कार्य गरेकी हुन ।
उनले लाश बोकेर अन्तिम श्रद्धान्जली समेत दिएकी थिईन ।
त्यो संगै कर्णाली प्रदेशका पुर्बमुख्य मन्त्री महेन्द्र बहादुर शाही सुर्खेतबाट सिमकोट आई पुगे लगत्तै अन्तिम श्रद्धान्जली दिन खार्पु पुगेका छन् ।
 केन्द्रीय सदस्य भण्डारीका बुवा ठोक्रे भण्डारीको बयासी वर्षको उमेर गयराती आफ्नै घर सिमकोट गाउँपालिका–२ ठेहेमा निधन भएको थियो ।
 भण्डारीका बुवा लामो समयदेखि दम रोगबाट पिडित हुँदै आएका थिए । भण्डारी समेत बुवाको मृत्युको खवरपछि सिमकोटबाट घर ठेहे लागेका हुन । नेकपा माओवादी केन्द्र हुम्ला जिल्ला समन्वय कमिटीको बैठकमा भाग दिन पुर्ब मुख्यमन्त्री शाही आजै सिमकोट आई पुगेका हुन ।
जिल्ला इन्चार्ज भण्डारीका बुवाको निधन भएको कारण माओवादीले पुर्बनिर्धारित बैठकको एक दिनपछि सरेको छ । बिहान ११ बजेबाट सुरु हुनु पर्ने बैठक अहिले पुर्बमुख्यमन्त्री शाहीको टोली सिमकोट पुगेपछि सुरु कर्णाली प्रदेक कमिटीमा हुम्ला जिल्लाबाट प्रतिनित्वि गर्ने सदस्यसंग बैठक बस्दैछ ।  समन्वय कमिटिको बैठक भने भोली सञ्चालन हुने माअ‍ोवादीले जनाएको छ ।
उनीसंगै कर्णाली प्रदेशकै उद्योग, पर्यटन, बन तथा बाताबरण मन्त्री छिरिङ डम्डुल लामा ( कार्चेन), पुर्ब कृषि मन्त्री बिमला केसी,  कर्णाली प्रदेश याेजना आयाेग पूर्व सदस्य दीपेन्द्र राेकाया माओवादी हुम्लाका अध्यक्ष लालकेश जैसी, सिमकोट गाउँपालिकाका उपाध्यक्ष बली रावतको पनि खार्पु पुगेर श्रद्धान्जली दिने कार्यक्रम सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्