१७ मंसिर २०८१, सोमबार

माओवादी केन्द्रका कार्यकर्ताद्वारा गाउँपालिका अध्यक्षको घरमा घेराउ (भिडियो हेराैं)

खबरसबैको समाचारदाता, हुम्ला शनिबार, चैत्र २६, २०७८

माओवादी केन्द्रका कार्यकर्ताद्वारा अदानचुलि गाउँपालिका अध्यक्षको घरमा घेराउ गरेका छन् ।

शुक्रबार राति अध्यक्ष फडेरा नेतृत्वमा रहेको एमाले कार्यकर्ताले माओवादी निकट होटल पसलमा तोडफोड गरेको भन्दै माओवादी कार्यकर्ताले शनिबार दिउँसो घर घेराउ गरि तोडफोडको प्रयास गरेका जनाइएको छ।

स्थानीयका अनुसार ठूलै संख्यामा आएका माओवादी कार्यकर्ताले अध्यक्षको घरमा ढुं्गामुढा गर्दा घरको माथिल्लो तलामा रहेको सोलार प्यानल फुटेको छ। घरमा समेत सामान्य क्षति पुगेको रेडियो श्रीनगरका कालीबहादुर थापाले जानकारी दिए। घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थलमा पुुगेर माओवादीलाई सम्झाउने कार्य भइरहेको उनले बताए।

गाउँपालिका केन्द्रसमेत रहेको श्रीनगरमा प्रहरी चौकी भए पनि जनशक्ति कमी भएका कारण नजिकका प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगिसकेको प्रहरीले जनाएको छ।

अहिले अध्यक्ष फडेरा भने आफ्नै घरमा बसिरहेको सञ्चारकर्मि थापाले जनाएको छन्। शुक्रबार राति भएको घटनालाइ मध्य नजर गरी नेकपा (एकिकृत समाजवादी ) र नेकया माओवादी अदानचुलीले विज्ञप्ति निकालेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्