०९ आश्विन २०७९, आइतबार

पोखरामा हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्धारा प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम सम्पन्न

खबरसबैको समाचारदाता, पोखरा शनिबार, चैत्र २६, २०७८

पोखरामा हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्धारा प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम सम्पन्न भएको छ । पोखरा (कास्की) को आयोजनामा भएको सो कार्यक्रममा सर्वोच्च अदालतका पुर्व प्रधानन्यायधिश गोपाल पराजुलीले हिन्दूधर्मको रक्षाका लागि हिन्दूहरु स्वयम जागरुक हुुनपर्नेमा जोड दिनुभएको छ । धर्म निरिपक्षताले नेपाली समाजलाई विभाजन गरेकाले यो हिन्दूधर्माबलम्बीहरुका लागि धोका भएको उहाँको भनाई छ ।

कार्यक्रममा संयोजक उद्योगी व्यवसायी सुशिल कुमार गोशली, अथिती लिलाभक्त आचार्य, कार्यक्रम सहसंयोजक सावित्री शर्मा पौडेल लगायतले कार्यक्रममा बोल्दै अवको आवश्यकता हिन्दूराष्ट्र नै एक मात्रै विकल्प भएको धारणा राखेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्