१४ मंसिर २०८१, शुक्रबार

आमसभालाई संवोधन गर्न हुम्ला आउँदै, एमाले अध्यक्ष ओली

खबरसबैको समाचारदाता, काठमाडाैं शनिबार, बैशाख ०३, २०७९

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बैशाख ४ गते आमसभालाई संवोधन गर्न हुम्ला आउनु हुने भएको छ । वैशाख ४ गते आइतबार पुर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता ओली हुम्ला आउने कार्य योजना रहेको जनाइएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मध्जनर गरी आमसभालाई संवोधनका लागि अध्यक्ष ओली हुम्ला आउन लागेको नेकपा एमाले, हुम्ला अध्यक्ष कल बहादुर हमाले खबरसबैको लाइ जानकारी दिएका छन् ।

अध्यक्ष ओली हुम्लाको नाम्खामा जनता भेटघाट र सिमकोट र अदानचुलिमा वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष हमालले जानकारी दिए।

आइतबार बिहान हेलिकोप्टरबाट हुम्ला पुगे लगत्तै एमाले अध्यक्ष ओली, उत्तरी नाम्खा गाउँपालिकाको लिमि क्षेत्रको अवलोकन तथा जनता भेटघाट कार्यक्रम रहेको एमाले हुम्लाले जानकारी दिएको छ । लिमि भ्रमण पश्चात सदरमुकाम सिमकोटमा आयोजना हुने आमसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । सिमकोटको आमसभालाई संबोधन पश्चात अध्यक्ष ओलीले हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा हुने वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आइतबार हुने सिमकोट र अदानचुलीमा कार्यक्रमको सम्पुर्ण तयारी पूरा भैसकेको जिल्ला पार्टी स्रोतले जनाएको छ।

 

यहाँ कमेन्ट गर्नुहोस्