०१ बैशाख २०८१, शनिबार

हुम्लाका सात स्थानीय तह चुनावमा को को छन् अध्यक्षको आकांक्षी

खबरसबैको समाचारदाता, हुम्ला शुक्रबार, बैशाख ०९, २०७९

हुम्ला—अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हुम्ला जिल्लाका राजनीतिक दलहरुलाई उम्मेदारी छनौटमा सकस भएको छ । यो चुनावका लागि आकांक्षी संख्या अघिल्लो चुनाव भन्दा धेरै देखिएको छ। गाउँपालिकाको अध्यक्ष पदका लागि युवा देखि पुराना पाका राजनितिज्ञको आकांक्ष देखिएको छ । ७ स्थानीय तह रहेको हुम्ला जिल्लामा गाउँपालिका अध्यक्षको हानथाप भएपछि सकस भएको हो ।
आकांक्षी भन्दा धेरै महत्वकांक्षी बढी देखिएपछि उम्मेदार छनौट गर्न तीन दललाई सकस देखिएको छ । चार गाउँपालिका हात पारेको माओवादी केन्द्रमा यस वर्ष बढी आकांक्षी देखिएका छन ।
सात गाउँपालिकामा सात जना अध्यक्ष छनौट गर्न एउटै गाउँपालिका बाट ७ देखि ९ जना सम्मको नाम सिफारिस भएपछि उम्मेदार छनौटमा सकस भएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एमाले लगायतका तीन वटै दललाई गाउँपालिका अध्यक्ष छनौटमा सकस देखिएको नेपाल कम्युनिस्ट पार्टी माओवादीले श्रोतले जनाएको छ ।
चंखेली गाउँपालिका र सर्केगार्ड गाउँपालिकाबाट ९ जनासम्म माओवादीका अध्यक्षका आकांक्षी देखिएको माओवादी केन्द्र श्रोतले भने । तीन वटै दल भित्रै आकांक्षी भन्दा महत्वकांक्षी बढी देखिएपछि जिल्लाका राजनीतिक दलहरुलाई उम्मेदार छनौटमा सकस भएको पाईएको छ ।

कुन गाउँ पालिकामा कति जनाको आकांक्षी ?

ताजाँकोट गाउँपालि माओवादी तर्फ उम्मेदार
१ इन्द्र बुढा
२ अकबिर खडका
३ यटम नेपाली
४ वाग्दल मल्ल
एमाले तर्फ
१ नरदिप थापा
२ अजमल बुढा
३. पुर्णप्रसाद ढकाल
कांग्रेस तर्फ
१ तिलक शाही

अदानचुली गाउँपालिकाका आकांक्षी
माओवादी तर्फ
१ कर्णा बहादुर रोकाया सुधार
२ रणसिंह परियार
३ हरीदल पुन हिमशिखर
४ दलु फडेरा सन्जय
एमाले तर्फ
१ कल बहादुर हमाल
२ दल फडेरा
३ नवराज महतारा
४ बुध भण्डारी
कांग्रेस तर्फ
१ मोहनविक्रम सिंह
२ लोकेन्द्र भण्डारी

चंखेली गाउँपालिकातर्फ
माओवादी
१ गोविन्द बहादुर शाही (प्रज्वलन)
२ कालि बहादुर बुढा (कुशल)
३ कुल प्रसाद चौलागाई
४ अजविर बुढा (अटुट)
५ बर्षबहादुर शाही (विर्मश)
६ शेरबहादुर पाल (शैपाल)
७ सुरविर ऐडी (पिडित)
८ धुर्ब बहादुर शाही
कांग्रेस तर्फ
१ प्यारीलाल शाही
एमाले
१. बिमला शाही
२. पुनीमल रावल
३. टिकाबहादुर शाही

सर्केगाड गाँउपालिका
माओवादी तर्फ
१ अकिल बुढा
२ चन्दसिंह कार्की मुक्ति
३ कृष्ण रोकाया करुण
४ जुम्कित लामा जुनेली
५ बम बहादुर शाही युनियन
६ देवकी तिमिल्सिना
७ टक्क बहादुर शाही
८ छवि थापा
९ कमल ऐडी बसन्त
कांग्रेस तर्फ
१ ठानबहादुर रोकाया
२ मानदेव शाही
३ धनराज शाही
एमाले तर्फ
१ गोकुल बुढा
२ ग्यामि बुमि
३ भिमबहादुर सिहं

खार्पुनाथ गाँउपालिका
मओवादी तर्फ
१ तुल बहादुर शाही
२ पुर्ण बहादुर रोकाया
कांग्रेस
१ कर्ण बहादुर रावत
एमाले तर्फ
१ प्रकाश शाही
२. गणेश रावल
सिमिकोट गाउँपालिका
माओवादी तर्फ
१ जसबहादुर भण्डारी
२ बली रावत

काँग्रेस तर्फ
१ जयपति रोकाया
२ कैलाश भण्डारी
३ वसन्त रोकाया
४ रामबहादुर भण्डारी
५ धर्मराज रोकाया
एमाले तर्फ
१ अविरल शाही
२ कमल बोहरा
३. डबल रावत

नाम्खा गाउँपालिका
माओवादी
१ मंगल लामा
२ प्रेम लामा
३ डाब्ला लामा
काँग्रेस
१ टसि लामा
२बल बहादुर लामा
३ सुर्य लामा
४ टाप्काछिरीङ लामा
५ कार्मा लामा
एमाले
१ नोजुङ तामाङ
२ छेपाल दोर्जी लामा

 

यहाँ कमेन्ट गर्नुहोस्