११ आषाढ २०८१, सोमबार

कार्यकर्ता बाट कुटिए माओवादी केन्द्र कर्णाली प्रदेशका सहसचिव जैसी

नरजन तामाङ, हुम्ला शुक्रबार, बैशाख ०९, २०७९

हुम्ला- नेकपा (माओवादी केन्द्र) ले हुम्लाको चंखेली गाउँपालिका अध्यक्षका लागि गोलाप्रथाबाट उम्मेदवार छनोट गरेपछि माओवादी केन्द्र कर्णाली प्रदेशका सह सचिव लालकेश जैसी कुटिएका छन्। माओवादीले गोलाप्रथाबाट गोविन्द बहादुर शाही (प्रज्वल) लाई गाउँपालिका अध्यक्षको उम्मेदवारमा छनोट गरेको भन्दै चंखेली गाउँपालिका अध्यक्षका आकाक्षी रहेका धुबबहादुर शाही कुटेका हुन्।सह सचिव जैसीले गोला प्रथा गरि अध्यक्ष छनौट गरेको भन्दै कुटेको शाहीले जानकारी दिए ।

गाउँपालिकामा आठ जनाले अध्यक्षमा आकांक्षा राखेको हुदाहुदै, जैशीले अरूको मतलव नगरी सुरविर एडी र गोविन्द शाही दुइ जानलाइ मात्र एकान्तमा लगेर गोलाप्रथा गरेपछि बाध्य भएको शाहीको भनाई छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आफुहरूलाई केही सूचना नआएको जनाएको छ । गोलाप्रथाबाट उम्मेदवार सिफारिस गरेपछि अध्यक्षका अन्य आकांक्षीहरुले असन्तुष्टि जनाएको बताइएको छ । यस बारे बास्तबिकता बुझ्न सचिव जैशी लाइ धेरै पटक फोन गर्दा जैशीको फोन उठेन ।

 

यहाँ कमेन्ट गर्नुहोस्