०३ कार्तिक २०८१, शनिबार

समाचार लेखेकाे विषयमा पत्रकार तामाङलाई मार्ने धम्की

खबरसबैको समाचारदाता, हुम्ला शुक्रबार, बैशाख ०९, २०७९

हुम्ला- माओवादी केन्द्र कर्णाली प्रदेशका सह सचिव कुटिएकाे विषयमा समाचार लेखेकाे भन्दै पत्रकार नरजन तामाङलाई ज्यान मार्ने धम्की दिएका छन् ।

समाचार लेखेको अधारमा पत्रकार नरजन तामाङ लाइ मार्ने धम्कि आएको हो । आफ्नै कार्यकर्ता बाट कुटिए माओवादी केन्द्र कर्णाली प्रदेशका सहसचिव लालकेश जैसी शिर्षकको सामाचार लेखेको भन्दै सह सचिव जैशी समर्थकले पत्रकार तामाङ लाई मार्ने धम्की दिएका छन् ।

नेकपा माओवादी केन्द्रकाे हुम्लाकाे चंंखेली गाउँपालिका अध्यक्षकाे गाेलाप्रथा उम्मेदवार छनोट गरेपछि माओवादी केन्द कर्णाली प्रदेशका सहसचिव लालकेश जैसी कुटिएका थिए । आठ जना अध्यक्षकाे आकाक्षी हुदाहुदै सहसचिव जैसीले गोला प्रथा गरी अध्यक्ष छनाेट गरेको भन्दै हातपात भएको जनाइएको थियो। समाचार लेखेकाे विषयमा विभिन्न सामाजिक सञ्जाल मार्फत ज्यान मार्न धम्की देखि गाली गाैलज गर्न थालेकाे तामाङले बताए ।

लालकेशका आफान्त पशुपति सञ्जाल,बिनाेद सञ्जाल लगायतका व्यत्तिले ज्यान मार्न धम्कि देखि अपज हुने खालकाे गालि गलाैज गरि मानसिक तनाव दिने थालेकाे तामाङकाे भनाई छ । गाउँपालिका उम्मेद्वार छनाेटमा विवाद चुलिएका थियाे । उता सचिव जैशीले भने त्यस्तो हातपात नभएको हल्का धक्कामुक्का मात्र भएको सामान्य कुरा रहेको खबर सबैको लाई बताएका छन् । सानो कुरालाइ विभिन्न मिडियाले बढाइ चढाइ गरेर समचार बनाएको उहाँले गुनासो गरेका छन् । तामाङ नयाँ पत्रिका लगाषत विभिन्न अन्य मिडियामा कार्यरत छन् ।

यहाँ कमेन्ट गर्नुहोस्