१२ जेठ २०८१, शनिबार

हुम्लामा माओवादी केन्द्रले दुई गाउँपालिकाको अध्यक्ष उम्मेद्वार टुगियो

खबरसबैको समाचारदाता, हुम्ला शनिबार, बैशाख १०, २०७९

हुम्ला- आगमी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र हुम्लाले दुई गाउँपालिका अध्यक्ष उम्मेद्वार टुंगो लगाएको छ । सात गाउँपालिकामा चंखेलि र नाम्खा मात्र टुंगो लागेको छ । चंखेली गाउपालिका गोलाप्रथा गरि गोबिन्दबहादुर शाहीलाई छनोट गरेको छ । भने नाम्खा गाउँपालिकामा प्रेम लामालाई छनोट गरि टुंगो लगाएको हो ।
ताजाकोट गाउँपालिकामा अध्यक्षमा गोपाल बुढा,अकविर खड्का, बागदल मल्ल विकास बुढा, आकाक्षी देखिएका छन् । सर्केगाड गाउँपालिका अध्यक्षमा चन्दसिह कार्की,अकिल बुढा,छवि थापा आकाक्ष‌ी देखिएपछि विवादित भएपछि टुंगोमा नपुगेको माओवादी श्रोतले जनाएको छ ।

सर्केगाड गाउँपालिका अध्यक्ष चन्दसिह कार्की, र ताजाकोट गाउँपालिका गोपाल बुढाको सम्भावना बढी देखिएको श्रोतले जनाएको छ रअध्य‍क्षमा बागदल मल्लले पनि मौका छोपेर अध्यक्ष हत्याउने दाउमा छन । गठबन्धन हुने भएपछि अध्यक्षको पद हत्याउने दाउमा लागेका छन ।

यहाँ कमेन्ट गर्नुहोस्