०७ साउन २०८१, सोमबार

हुम्लामा ७ वडामा दलित सदस्य उम्मेद्वारी पाएन्न

नरजन तामाङ, हुम्ला मंगलबार, बैशाख १३, २०७९

हुम्ला– वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हुम्ला जिल्लाको ७ वडामा दलित सदस्यको मनोनयन दर्ता परेको छैन् ।नाम्खा गाउँपालिका १ देखि ६ वडासम्म र चंखेली गाउँपालिका वडा नम्बर ५ नेप्कामा दलित सदस्य नभएपछि उम्मेदवारी नपरेको हो ।
सात गाउँपालिका र ४४ वटा वडा पालिका रहेको हुम्ला जिल्लाका नाम्खा गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्म र चंखेली गाउँपालिकाको वडा नम्बर ५ मा दलित समुदाय नभएपछि उम्मेदवारी नभएको मुख्य निर्वाचन अधिकृत कार्यालय हुम्लाले जनाएको छ ।
हुम्ला जिल्लाका अन्य गाउँपालिका दलित महिला सदस्यको उम्मेदवरीमा मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत कार्यालय हुम्लाका मुख्य निर्वाचन अधिकृत जगत बहादुर पौडेलले जानकारी दिए ।
उम्मेदवारीको मनोयनको प्रराम्भिक छलफलको विषयमा पत्रकार सम्मेलनमा मुख्य अधिकृत पौडेलले भने । हुम्ला जिल्लाका ४४ वटा वडापालिका मध्ये ७ वटा वडा दलित सदस्यहरुको उम्मेदावर परेको छैन् १०९ जनाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गरेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्