०१ कार्तिक २०८१, बिहिबार

हुम्लामा २८५ पदका लागि ८३७ उम्मेदवारी दर्ता

खबरसबैको समाचारदाता, हुम्ला बुधबार, बैशाख १४, २०७९

हुम्ला–आसन्न स्थानीय तहको निर्वाचनका लागि हुम्लामा ८ सय ३७ जनाको उम्मेदवारी दर्ता भएको छ । जिल्ला निर्वाचन कार्यालय हुम्ला अनुसार २ सय ८५ पदका लागि ८ सय ३७ उम्मेदवारी दर्ता भएको हो । जिल्ला निर्वाचन हुम्लाका कार्यालप प्रमुख मुक्ति नन्द रावलका अनुसार अदानचुली गाउँपालिकामा अध्यक्ष ४ जना उपाध्क्ष, ४ जना ताजाँकोट गाउँपालिकामा अध्यक्ष ८ जना उपाध्यक्ष ८ चंखेली अध्यक्ष ५ जना उपाध्यक्ष ४ जना सर्केगार्डमा अध्यक्ष,६ जना उपाध्यक्ष ७ जना उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालय प्रमुख रावलले बताए ।

खार्पुनाथ गाउँपालिकामा अध्यक्ष,४ जना उपाध्यक्ष ९ सिमकोट गाउँपालिका अध्यक्ष ५ जना उपाध्यक्ष ५ जना र नाम्खा गाउँपालिकामा अध्यक्ष ४ जना उपाध्यक्ष ५ जना गरी ७९ जना छन् । यस्तै वडाध्क्षमा अदानचुलीमा २० जना खार्पुनाथमा २२ जना,चंखेलीमा ४१ ज्ना ताजाँकोटमा ३१ ज्ना र नाम्खामा २६ जना सर्केगार्डमा ६० जना र सिमकोट गाउँपालिकामा ३० जना वडाध्यक्ष गरी २३० जना वध्यक्षको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

यस्तै गरी महिला सदस्यहरु अदानचुलीमा २४ जना, खार्पुनाथमा १७ जना,चंखेलीमा ३४ जना ताजाँकोटमा २३ र नाम्खामा १६ जना सर्केगार्डमा ३७ जना सिमकोट गाउँपालिकामा २२ जना गरि १७३ जना महिला सदस्यको उम्मेदवारी दर्ता भएको छ । दलित महिला सदस्यहरुमा अदानचुलीमा १९ जना, खार्पुनाथमा १५ जना,चंखेलीमा ४१ ज्ना ताजाँकोटमा १० जना र सर्केगार्डमा २६ जना र सिमकोट गाउँपालिका १९ जना गरी १०९ जना दलित महिला सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । नाम्खा गाउँपालिकामा भने दलित सदस्य शुन्य देखिएको छ ।
सदस्यहरुमा अदानचुली ३७ जना खार्पुनाथ, ४१ जना चंखेली,७२ जना ताजाँकोट ३३ जना नाम्खा गाउँपालिका ३२ जना र सर्केगार्ड,८९, जना र सिमकोट गाउँपालिकामा ४६ जना गरी ८ सय ३७ जनाले उम्मेदवारी दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्