१३ बैशाख २०८१, बिहिबार

हुम्लाको सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु।।

खबरसबैको समाचारदाता, हुम्ला बिहिबार, बैशाख १५, २०७९

हुम्लाको सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्युभएको छ । सिमकोट माथिल्लो बजार साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण राज ओझाले जानकारी दिनुभयो । सर्केगाड गाउँपालिका वडा ६ घर भइ हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षिय जस बहादुर रोकायाको मृत्युभएको प्रहरी नायव उपरीक्षक ओझाले बताउनुभयो । साथीको कोठामा झ्याल ढोका बन्द गरेर भुइ मृत्युभएको अवस्थामा भेटिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, अहिले आफु घट्ना स्थलमा पुगेको र मृतयुभएको कारण खुल्न नसकेको बताउनुभयो । अनुसन्धान हुने ओझाले बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्