१४ मंसिर २०८१, शुक्रबार

खार्पुनाथमा एमाले र नेकपा एकिकृत समाजवादी बिच तालमेल 

खबरसबैको समाचारदाता, हुम्ला आइतबार, बैशाख २५, २०७९

हुम्ला-देशभर एक अर्का बिरुद्ध आलोचना गर्दै आएका नेकपा एमाले र नेकपा एकिकृत समाजवादीबिच खार्पुनाथ गाउँपालिकामा भने स्थानीय तह निर्वाचनका लागि तालमेल गरेर चुनावी प्रचार अभियानमा लागेका छन् ।उक्त गाउँपालिकामा अध्यक्षमा एमाले र उपाध्यक्ष पदमा एकिकृत समाजावादी उम्मेदवारी दिएर तालमेल गरेका हुन ।

खार्पुनाथ गाउँपालिकामा एमालेले अध्यक्ष पदका लागि प्रकाशबहादुुर शाहीलाई उम्मेदवार बनाएको भएपनि उपाध्यक्षमा भने उम्मेदवारी दिएको थिएनन् । एकिकृत समाजवादीले पनि उपाध्यक्ष पदमा शक्तिसिंह ऐडीको मात्र उम्मेदवारी दिएको थियो । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि स्थानीय स्तरमा दुुई पार्टी तालमेल गरेर जाने सहमति भएको हो ।

जिल्लामा गठबन्धन दलहरुबिच खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष दिने सहमति पहिले भएको थियो ।तर पछि नेपाली काँग्रेस र माअ‍ोवादी केन्द्रले दुुई दलले मात्र तालमेल गर्ने निष्कर्षमा पुुगेका थिए । सो गाउँपालिका दुुई दलीय सहमति अनुुसार काँग्रेसले अध्यक्ष र माअ‍ोवादी केन्द्रले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
यतिबेला दुुबै पार्टीका उम्मेदवारहरु चुनावी प्रचार अभियानमा संगै जाने गर्दै आएका छन् । दुबै पार्टीले एकअर्काका उम्मेद्वार लाइ मत माग्ने कार्य गर्दै आएका छन्।

लिखित सहमति बाहिर नआएपनि प्रत्येक वस्ती र वडामा दुुवै पार्टीका उम्मेदवारहरु संगै प्रचारमा जाने गरेका छन् । यस सम्वन्धमा एमाले उपाध्यक्ष डबल रावतले जिल्लामा एकिकृत समाजवादीसंग तालमेल गर्ने कुनै निर्णय नभएको बताए । उनले गाउँपालिका कमिटीस्तरमा निर्णय गरि तालमेल भएको हुन सक्ने भएपनि जिल्लालाई कुुनै जानकारी नआएको बताए ।

यता एकिकृत समाजवादीका उपाध्यक्ष तीर्थराज रोकायाले पनि पार्टीको कुुनै निर्णय पनि नभएको र पार्टीलाई एमालेसंग तालमेल गरेर जाने स्थानीय स्तरको सहमतिका बारेमा पनि जानकारी नआएको बताए ।

अध्यक्ष र उपाध्यक्ष पद बाहेक अन्यमा भने तालमेल भएको छैन  ।

यहाँ कमेन्ट गर्नुहोस्