१० जेठ २०८१, बिहिबार

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी

खबर सबैको समाचारदाता, काठमाडाैं आइतबार, बैशाख २५, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छिन् । भण्डारीले औषधि  (तेस्रो संशोधन), अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दुई अध्यादेश जारी गरेको उल्लेख छ ।

यहाँ कमेन्ट गर्नुहोस्