१६ चैत्र २०८०, शुक्रबार

सुर्खेत गुलमोहरले बेहुलि सिंगारिए झैं सिंगारिएको छ (फोटोफिचर)

खबरसबैको समाचारदाता, सुर्खेत आइतबार, बैशाख २५, २०७९

कर्णालीको राजधानी बिरेन्द्रनगर, सुर्खेत गुलमोहरले बेहुलि सिंगारिए झैं सिंगारिएको छ । गुलमोहरलाई फ्रान्समा ‘स्वर्गको फूल’ भनेर उपमा दिइन्छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका सडकमा फक्रिइरहेका यी फूलनजिक पुग्दा सुर्खेत त स्वर्ग नै हो लाग्छ। बिरेन्द्रनगरको कुइनेपानी, घण्टाघर, ईत्राम लगायत विभिन्न ठाउँको सडक छेउमा फुलेका गुलमोहरले जोकोहीलाई मोहित बनाइ रहेको छ ।

प्रकृतिको यति अनुपम दृश्यहरु भने वीरेन्द्रनगरमा सहजै देख्न सकिन्छ । हिजो अाज विरेन्द्रनगरका सडक छेउ फुलेको गुलमोहरलाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्नेको टिकटक र भिडियो बनाउन आउनेहरूको भीड हुने गर्दछ ।

यो फुल राजा विरेन्दले ल्याएर रोपेका हुन भन्ने भनाइ छ ।

यहाँ कमेन्ट गर्नुहोस्