११ आषाढ २०८१, सोमबार

डोल्पामा लेक लागेर म्यादी प्रहरीको मृत्यु

खबरसबैको समाचारदाता, काठमाडाैं बुधबार, बैशाख २८, २०७९

डोल्पा – हिमाली जिल्ला डोल्पामा लेक लागेर म्यादी प्रहरीको मृत्युु भएको छ । उपल्लो डोल्पाको शे(फोक्सुन्डो गाउँपालिका अन्तर्गत पर्ने शे(गुम्बामा मतदान केन्द्रमा जाने क्रममा बाटोमै लेक लागेर मृत्युु भएको हो ।
मृत्युहुनेमा काइके गाउँपालिका ४ का २४ बर्षिय सुरिन विक रहेको प्रजिअ बेदनिधि अधिकारीले बताउनुभयो ।
विकको शव घटनास्थलमै रहेको र बिहीबारमात्र हेलिकप्टरबाट सदरमुकाम ल्याइने प्रजिअ अधिकारीले जानकारी दिए । मृतक विक शे- फोक्सुन्डो गाउँपालिका वडा नं १ स्थित दशरथ आधारभुत विद्यालयमा निर्वाचन सुरक्षाकालागि खटिएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्