१५ चैत्र २०८०, बिहिबार

हुम्ला जिल्ला अस्पतालको चार दिनदेखि ल्याब नै बन्द

उपाचार गर्न आउने बिरामी खाली हात घर फर्किन बाध्य

खबरसबैको समाचारदाता, हुम्ला बिहिबार, बैशाख २९, २०७९

सिमकोट– हुम्ला जिल्लाको एक मात्रै जिल्ला अस्पताल हो । अस्पतालको ल्याब सेवा अहिले ठप्प छ । ल्याबमा काम गर्ने ७ जना कर्मचारी निर्वाचनमा खटिएपछि ल्याब सेवा ठप्प भएको हो । अस्पातलको ल्याब सेवा नै बन्द भएपछि उपाचार गर्न आउने बिरामी खाली हात घर फर्किन बाध्य देखिएका छन् ।
गएको चार दिनदेखि जिल्ला अस्पतालको ल्याब नै बन्द भएपछि हुम्लामा बिरामीलाई सकस भएको एक बिरामीहरुले दुखेसो गरेका छन् । ल्याब परिक्षण गर्न स्वास्थयकर्मीहरु भक्ति फडेरा रोडिकोट, रविन्द्र देवकोटा,अदानचुली, सुनिता तामाङ बराई,र शोभा रोकाया सर्केगार्ड, रामराज शाही ताजाँकोट, बलिराज भण्डारी लिमि, र दिपेन्द्र शाही सर्केगार्ड खटिएपछि ल्याब बन्द छ ।
अस्पातलमा दैनिक १७ देखि १९ जना बिरामी आउने ल्याब सेवा बन्द भएपछि खाली हात घर फर्किन बाध्य देखिएको छन् । इमेरजेन्सी सेवा मात्रै सेवा दिदैँ आएको छ । बिरामी चेकजाँच गर्न जिल्ला अस्पताल हुम्ला पुगेकी सिमकोट तल्लो गाउँकी एक बिरामीले नाम नबताउने शर्त गर्दैँ भनिन , पहिला ल्याब दैनिक खुल्ला हुन्थ्यो अहिले बन्द छ । मेरो नाम भन्नु हाई (भाउ,)ती महिलाले भनिन् ।

एक डाक्टर सहित १४ जना स्वास्थयकर्मी दुई कास निर्वाचनमा खटिए
जिल्ला अस्पताल हुम्लामा कार्यरत एक जना चिकित्सक देखि १४ जना स्वास्थ्यकर्मी निर्वाचनमा खटिएका छन् । चिकित्सक डाक्टर कैलाश लामा नाम्खा गाउँपालिका १ हेप्का निर्वाचन अधिकृत भएर खटिएका छन् ।भने अस्पतालकी सिनियर अनमि सरिता बोहरा नाम्खा गाउँपालिका ३ को खगालगाउँमा मतदान अधिकृत भएर खटिएकी छन् ।
यस्तै गरि हेल्थे अस्सिटेन प्रेम भण्डारी, हेप्का, प्रजित भण्डारी,मेल्छाम, स्टाफ नर्स अन्जु मल्ल डाडाँफाया, सुर्ति रोकाय, सिमकोट,पुजा चन्द, छिप्रा निकिता बिसी, लाली,खटिएका छन् ।भने यस्तै गरी ल्याबका भक्ति फडेरा, रोडिकोट, रविन्द्र देवकोटा, अदानचुली, सुनिता तामाङ बराई,शोभा रोकाया सर्केगाड,रामराज शाही ताजाँकोट, बलिराज भण्डारी लिमि, र दीपेन्द्र शाही रोडिकोट खटिाइएको पाइएको छ । स्वास्थ्यकर्मी निर्वाचन खटिएपछि बिरामीलाई समस्या भएको छ ।

को को छन् अस्पतालमा
जिल्ला अस्पताल हुम्लामा तीन जना मेडिकल अफिसर डाक्टर एक जना डेण्टल डाक्टर,दुई जना पारा मेडिक्स कर्मचारी र पाँच जना नसिङ स्टाप मात्रै रहेका छन् । मेडिकल अफिसर, रोशन खनाल, रोशन रावत, सुनिल पुजरा, डेण्टल अफिसर पप्पु यादव छन् , नर्सिङ स्टाप कुशुम रावत, रिमा लामा,सोनिसा रावत, लक्ष्मी रोकाया, केलसाङ लामा, र निमा लामा दुई जना पारामिक्स, कविन्द्र शाही र रिता बोगटीले जिल्ला अस्पातलमा सेवा दिएका छन् । १५ शैयाको जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीहरु निर्वाचनमा खटिएपछि बिरामीलाई सेवा दिन समस्या देखिएको छ । अधिकांश स्वास्थ्यकर्मी निर्वाचन खटिएको पाईएको छ ।

ल्याब सेवा ठप्प
१५ शैयाको जिल्ला अस्पताल हुम्लाको ल्याब सेवा ठप्प भएपछि दिसा,पिसाब, खकार,रगत लगायतका सेवा ठप्प देखिएको छ । सातै जना ल्याबका कर्मचारी निर्वाचनमा खटिएपछि चार दिनदेखि ल्याब सेवा ठप्प भएको पाइएको छ ।

मानव अधिकारको आपती
निर्वाचनको प्रर्यवेक्षण गर्न हुम्ला जिल्ला पुगेका राष्ट्रिय मानव अधिकारका पुर्व आयुक्त सुदिप पाठकले आपती जनाएका छन् । स्वास्थ्य जस्तो अतिसंवेदनशिल क्षेत्रका कर्मचारीलाई निर्वाचनमा खटाउनु आपत्ति रहेको आयुक्त पाठकले भनाई छ । ल्याब सेवा बन्द छन् ७ जना ल्याबका कर्मचारीलाई निर्वाचनमा खटाएपछि चेकजाँच गर्न आउन सेवागाहीको मानव अधिकार समेत हनन हुने काम भएको आयुक्त पाठको भनाई छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्