१२ जेठ २०८१, शनिबार

हुम्लाका तीन वटा मतदान केन्द्रमा मतदान ढिलाई

खबरसबैको समाचारदाता, हुम्ला शुक्रबार, बैशाख ३०, २०७९

हुम्लाका तीन वटा मतदान केन्द्रमा मतदान ढिलाई भएकाे छ ।
वर्षाका कारण नाम्खा गाउँपालिकाकाे महाबाैद्व माध्यमिक याल्वाङ,धुमछुमी आधारभुत विद्यालय भुवा कैलाश, र शयम्भु आधारभुत विद्यालय बराई पानी परेपछि मतदान नभएकाे जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएकाे छ ।
महाबाैद्व माध्यमिक विद्यालय याल्वाङमा खाना खाएर पछि हाल्ने भनिएपछि मतदान सुरू नभएकाे हाे । चंखेली गाउँपालिका ५ काे डाँफे आधारभुत विद्यालय नेप्कामा ७ बजे र सर्केगाड गाउँपालिका- ८ काे अंशुवर्मा आधारभुत विद्यालयमा साढे ७ बजेबाट मतदान भएकाे पाईएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्