०४ कार्तिक २०८१, आइतबार

हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा झडप

खबरसबैको समाचारदाता, हुम्ला शुक्रबार, बैशाख ३०, २०७९

हुम्लाको चंखेली गाउँपालिका २ को महादेव मावि मतदानस्थलमा झडप भएको छ। गठबन्धन र स्वतन्त्र  पक्षबीच झडप हुँदा ३ जना घाइते भएका छन्। मतदान अधिकृत कृष्णा प्रसाद आर्चाय र कार्यालय सहयोगी काला रावत, र अर्का स्थानीय लीला शाही घाइते भएका छन्। उनीहरुको स्थानीय प्राथमिक चौकीमा उपचार भइरहेको छ।

झपडले उग्ररूपमा लिएपछि सशस्त्र प्रहरीले ८ राउन्ड गोली प्रहार गरेको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकनरी दिईन। मतदान केही बेर रोकिएको प्रजिअ परियारले बताईन। मतदान केन्द्रमा थप सुरक्षाकर्मी खटाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्