११ आषाढ २०८१, सोमबार

काभ्रेको चौरीदेउरालीमा मतपेटिका तोडफोड

खबर सबैको समाचारदाता, काठमाडाैं शुक्रबार, बैशाख ३०, २०७९

काभ्रेको चौरीदेउरालीमा मतपेटिका तोडफोड गरिएको छ ।

चौरीदेउराली गाउँपालिका–६ स्थित कात्तिकेदेउरालीमा रहेको प्रभा बहुमुखी क्याम्पस केन्द्रमा एक व्यक्तिका नाममा अर्कैले भोट हालेको भन्दै विवाद भएपछि तोडफोड भएको हो । तोडफोडपछि मतदान स्थगित गरेर सर्वदलीय बैठक जारी छ ।

तोडफोड भएका कारण खसिसकेको मत के गर्ने भन्ने विषयमा निर्णय नहुँदा पुनः मतदान सुरु हुन नसकेको काभ्रे प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्