१६ चैत्र २०८०, शुक्रबार

बाजुराको बुढीनन्दा र बुढीगंगा नगरपालिकामा कर्फ्यू

खबर सबैको समाचारदाता, काठमाडाैं शुक्रबार, बैशाख ३०, २०७९

बाजुराको बुढीनन्दा र बुढीगंगा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको छ । बुढीनन्दा नगरपालिकाको ७, ८, ९ र १० वडा, बुढीगंगा नगरपालिकाको २, ३, ४, ५ र ९ वडामा कर्फ्यू आदेश जारी गरिएको हो । ती क्षेत्रमा आज राती १० बजेदेखि भोली विहान ७ बजेसम्म हुने सूचना मार्फत जानकारी दिईएको छ ।स्थानीय तह निर्वाचनको क्रममा विभिन्न राजनीतिक दलबीच विवाद भई झडप भइ स्थिति नियन्त्रणबाहिर गएको कर्फ्यू आदेश सम्बन्धी सूचनामा उल्लेख छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्