१२ जेठ २०८१, शनिबार

हुम्लामा ३२ हजार ५ सय ८१ मतमा २५ हजार ७ सय ५४ खसेको छ

खबरसबैको समाचारदाता, हुम्ला शनिबार, बैशाख ३१, २०७९

स्थानीय तह सदस्य निर्वाचन,२०७९ मा हुम्लामा २५७५४ मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय, हुम्लाले ७९.०४ प्रतिशत मतदान भएको जनाएको छ । हुम्लामा ३२५८१ मतदाता भएपनि  २५७५४ मतदान भएको हो । जिल्ला निर्वाचन हुम्लाका अनुसार सिमकोट ५३४७, खार्पुनाथ ३१२४, सर्केगाढ ५२५४,  चंखेली २६९६, अदानचुली ३९३१, ताँजाकोट ३०३१,  नाम्खा २३७१ मत खसेको छ ।

त्यस्तै हुम्लाको ताँजाकोटमा मत गणना शुक्रबार मध्य रातिबाट सुरू भएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्