१० जेठ २०८१, बिहिबार

वीरेन्द्रनगर सुर्खेत लगायतका सात जिल्लामा विद्युत सेवा अवरुद्ध शनिबार बिहान बाट सुचारू

खबरसबैको समाचारदाता, सुर्खेत शनिबार, बैशाख ३१, २०७९

कोहलपुर–सुर्खेत खण्डको ३३ केभी लाइनमा समस्या हुँदा शुक्रबार देखि अवरुद्ध  विद्युत सेवा  शनिबार बिहान बाट सुचारू भएको छ । शुक्रबार दिउँसो आएको हावाहुरीसहितको पानीले कोहलपुर–सुर्खेत खण्डको ३३ केभी लाइनमा विद्युत सेवा अवरुद्ध भएको थियो ।

राष्ट्रिय प्रशारण लाइन जोडिएका कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, जाजरकोट, सल्यान र रुकुमपश्चिम जिल्लामा विद्याुत सेवा शुक्रबार देखि अवरुद्ध भएको थियो ।

हावाहुरीले विद्युतका पोल समेत ढालेकाले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत लगायतका सात जिल्ला स्थानमा विद्युत सेवा अवरुद्ध भएको थियो । हावाहुरीले ढालेकालेको पोल बनाउनेका अहिले पनि भैरहेको जानकारी प्राप्त भएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्