१६ आषाढ २०७९, बिहिबार

अदानचुलिमा गठबन्धन र एमाले, स्वतन्त्र उम्मेदवारका कार्यकर्ता बिच झडप

खबरसबैको समाचारदाता, हुम्ला शनिबार, बैशाख ३१, २०७९

हुम्लाको अदानचुलीमा गठबन्धन र एमाले, स्वतन्त्र उम्मेदवारका कार्यकर्ता बिच झडप भएको छ । मतगणक राख्ने विषयमा कुरा नमिल्दा ठुलो रूप लिएको हो ।

झडप साम्य गर्न सुरक्षा कर्मिले ३ पटक हवाई फायर गरेको जानकारी प्राप्त भएको छ  । अहिले पनि भागाभाग र लखेटालखेट भैरहेको स्थानियले  जारी दिएका छन् ।

 झडपमा २ जना  घाईते भएका छन्। गठबन्धनका उम्मेदवारले पठाएको मत गणक प्रतिनिधिलाई एमालेले र स्वतन्त्रले नस्विकार्दा झडपको स्थिति सृजना भएको स्थानियले जानकरी दिएका छन् ।

यस बिषयमा थप बुझ्न जिल्ला प्रहरी कार्यालयमा धेरै पटक फोन गर्दा फोन उठेन । झडप हुँँदा अहिले सम्म मत गणना सुरू हुन सकेको छैन ।

यहाँ कमेन्ट गर्नुहोस्