१६ आषाढ २०७९, बिहिबार

सर्केगाड वडा नम्बर १ जैरमा एमालेको प्यानलका सबै निर्वाचीत

खबरसबैको समाचारदाता, हुम्ला आइतबार, जेठ ०१, २०७९

हुम्लाको सर्केगाड वडा नम्बर १ जैरमा एमालेको प्यानलका सबै निर्वाचीत भएका छन् ।

सर्केगाड गाउँपालिकाको वाड नं १ (जैर)  मा नेकपा (एमाले)को  वडा अध्यक्ष सहित सदस्यहरू विजय भएका  छन् । वडा अध्यक्षका उम्मेद्वार बल कार्कीले ३ सय ३० मत ल्याएका हुन र उनका निकटतम प्रतिद्वन्दी तारसिंह रावतलाई २ सय ८० मत प्राप्त तरेका थिए ।त्यसैगरी नेपाली काँग्रेसका अध्यक्षका उम्मेद्वार सुवास रावतले २ सय १८ मत ल्याएका थिए ।

बल कार्कीले निकटतम प्रतिद्वन्दी तारसिंह रावतलाई ५० मतको अन्तरले जितेका हुन् ।

कार्कीको समुहबाट  खुल्ला सदस्यमा उब्जन मल्ल र दशरे सार्की, दलित महिला सदस्यमा झवला नेपाली र महिला दलित सदस्यमा बाँचुकला रावतले विजय हाँसिल गरेका छन् ।

 

यहाँ कमेन्ट गर्नुहोस्