१५ चैत्र २०८०, बिहिबार

खार्पुनाथ गाउँपालिकामा कर्णबहादुर रावल सहित गठबन्धन टिमल विजय

खबरसबैको समाचारदाता, हुम्ला आइतबार, जेठ ०१, २०७९

हुम्लाको खार्पुनाथ गाउँपालिकामा गठबन्धन दलका तर्फबाट नेपाली काँग्रेसका कर्णबहादुर रावल सहित गठबन्धन टिमले विजय प्राप्त गरेको छ ।  निर्वाचित पदमा गठबन्धन दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन्।

रावल एक हजार ८१० मत ल्याएर अध्यक्षमा विजयी भएका छन् । उनका निकटमत प्रतिद्वन्द्वी एमालेका प्रकाश बहादुर शाहीले एक हजार १९५ मत ल्याएका थिए ।

यसैगरी उपाध्यक्ष पदमा गठबन्धन बाट नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंहले एक हजार ८७१ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एकिकृत समाजावदीका शक्ति सिंह ऐडीले ८६३ मत प्राप्त गरेका थिए ।

ययसैगरी खार्पुनाथ गाउँपालिका वडामा वडा नम्बर १ मा जय बहादुर शाही, २ बाट चन्द्र रावच, ३ बाट च्यागा बोहोरा, ५ बाट भरतजङ्ग शाही  विजय भएका छन् । भने वडा नं. ४ बाट यस अघिनै रंगमती शाही निर्विरोध निर्बाचित भइसकेकी छन् ।

 

यहाँ कमेन्ट गर्नुहोस्