१६ चैत्र २०८०, शुक्रबार

सिमकाेटमा माओवादी केन्द्र  विजयी

खबरसबैको समाचारदाता, हुम्ला मंगलबार, जेठ ०३, २०७९

हुम्ला – हुम्लाको सिमकोट गाउँपालिकामा माओवादी केन्द्रका विजय भण्डारी (प्रतिरोध)निर्वाचित भएका छन् । भण्डारी ९१३ मतान्तरले विजयी भएका छन् । उनले २८८२ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी एमालेका महेन्द्रबहादुर शाही (अविराम) ले १९६९मत पाए ।
विजय भण्डारी र महेन्द्रबहादुर शाही जनयुद्धका सहयात्रीसमेत हुन ।शाही स्थानीय तह निर्वाचनअघि मात्रै एमाले प्रवेश गरेर उम्मेदवार बनेका थिए ।
यस्तै, गाउँपालिका उपाध्यक्ष कांग्रेसकी सुशीला रोकाया विजयी भएकी छन् । उनले २४७४ मत ल्याइन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेकी प्रतीमा लामाले १४५७ मत ल्याएकी छन् ।

यहाँ कमेन्ट गर्नुहोस्