११ मंसिर २०७९, आइतबार

चंखेलीमा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही विजयी

खबरसबैको समाचारदाता, हुम्ला शुक्रबार, जेठ ०६, २०७९

चंखेली गाउँपालिका वडा नं. २मा मतदान स्थगित पछि पुनः जेठ ४ गते भएको मतदान पछि स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही विजयी भएका छन् ।

जिल्लाको चङ्खेली गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही विजयी भएका छन् । गठबन्धन तर्फ नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गोबिन्द शाहीलाई पाँच सय बढी मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।अध्यक्ष शाहीले १ हजार ६९५ मत ल्याएर बिजयी भएका छन् ।  निकटतम प्रतिद्धन्द्धी गठबन्धन दलबाट नेकपा (माओवादी केन्द्र) का गोबिन्द शाहीले एक हजार १७२ मत प्राप्त गरेका छन् ।

त्यसैगरि उपाध्यक्षमा नेकपा (एकिकृत समाजावादीकी)  प्रेमकला शाही विजयी भएकी छन् । उनले एक हजार ३७२ मत प्राप्त गरेकी छन् भने उहाँको प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी मैना बुुढाले एक हजार १७३ मत प्राप्त गरेकी थिइन् ।  यी मध्ये वडा नम्बर १ मा एमालेका गोबिन्द बोहरा, २ मा नेपाली काँग्रेसका बिर्ख सिंह, ३ मा माओवादी केन्द्रका भारमल बुढा, ४ मा स्वतन्त्र पदमबहादुुर शाही, ५ मा हर्कधन तामाङ र ६ मा स्वतन्त्र उम्मेदवार जयबहादुुर सिरा बिजयी हुनुु भएको हो ।

 

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: