१५ चैत्र २०८०, बिहिबार

हुम्लाका सात मध्य छ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ

खबरसबैको समाचारदाता, हुम्ला शुक्रबार, जेठ ०६, २०७९

हुम्लाका सात मध्य छ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा पद तथा गोपनीयताको सपथ लिने कार्य भएको छ । उनहरुलाई मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीस जगतबहादुुर पौडेलले सपथ खुुवाएका हुन् ।
मुुख्यनिर्वाचन अधिकृत पौडेलले नवनिर्वाचित सात वटा गाउँपालिकाका अध्यक्ष मध्य छ जनाको पद तथा गोपनीयताको सपथ खुवाउने कार्य सम्पन्न भएको जानकारी दिए । उनले शुक्रबार सपथ लिने अध्यक्षमा नाँम्खा गाउँपालिकाका प्रेम लामा, सिमकोट गाउँपालिका बिजय भण्डारी, खार्पुनाथका कर्णबहादुुर रावल, सर्केगार्डका ठानबहादुुर रोकाया, अदानचुुलीका मोहन बिक्रम सिंह र ताँजाकोटका लालकेश जैसी रहेका छन् ।
छ जनै निर्वाचित अध्यक्षलाई प्रमाण पत्र समेत मुख्यनिर्वाचन अधिकृत पौडेलले प्रमाण पत्र समेत प्रदान गरेका थिए । सो कार्य भएपछि औपचारिक रुपमा निर्वाचित अध्यक्षहरु पद वहाली भएको छ । सो कार्यक्रममा निर्वाचित अध्यक्षहरुको तर्फबाट खार्पुनाथ गाउँपालिकाका अध्यक्ष रावलले अब नयाँ जिम्मेवारी काँधमा आएको र जनताको पक्षमा काम गर्ने प्रतबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीता परियार, संबिधान सभाका सदस्य रीता शाही, सुुरक्षा निकायका प्रमुख, नाम्खा र खार्पुनाथ गाउँपालिकाका निर्वाचन अधिकृत लगाएको उपस्थिती रहेको थियो । बिहीबार राती मात्र मतगणनाको परिणाम सार्वजनिक भएको चङ्खेली गाउँपालिकाका निर्वाचित अध्यक्ष प्यारीलाल शाही भने मौसम बिग्रेको र हेलिकोप्टरका लागि इन्धन नभएको कारण उडान नभएपछि  सो कार्यक्रममा उपस्थित हुन पाएनन् । उनी बिहान हेलिकोप्टरबाट सिमकोट आउने कार्यक्रम रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्