११ आषाढ २०८१, सोमबार

थला परेकी एक सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार

खबरसबैको समाचारदाता, हुम्ला शनिबार, जेठ ०७, २०७९

हुम्लामा बच्चा जन्माएपछि थला परेकी एक सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ। उच्च रक्तश्राव भएर थला परेकी हुम्लाको चंखेली गाउँपालिका–५ नेप्काकी ३५ वर्षीया तुला तामाङको हेलिकप्तरमार्फत् उद्धार गरिएको हो।

तामाङले तीन दिनअघि बच्चालाई जन्म दिएकी थिइन्। बच्चा जन्माएपछि उच्च रक्तश्रावका कारण थला परेकी उनको हेलिकप्टरबाट उद्धार गरी जिल्ला अस्पतालमा उपचार सुरु गरिएको आफन्त जसिलाल तामाङले बताए । महिलाको शरीर सुन्निएर श्श्वासप्रश्वासमा समस्या देखिएपछि एक लाख ३५ हजार हेलिकप्टर भाडा तिरेर सदरमुकाम सिमकोट पुगाउन बाध्य भएको आफन्तहरुले दुखेसो गरेका छन्। ऋण सापटी मागेर बिरामीको हेलिकप्टरबाट उद्वार गरिएको तामाङको भनाइ छ।

यहाँ कमेन्ट गर्नुहोस्