०३ कार्तिक २०८१, शनिबार

१८ औं गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्थापना

खबरसबैको समाचारदाता, हुम्ला शनिबार, जेठ ०७, २०७९

शिव शिखर बहुउद्येश्य सहकारी संस्थाको २७ औं शाखा र १८ औं गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्थापना भएको छ ।सामाजिक आर्थिक विकासका लागि शिव शिखर भन्ने मुला नाराका साथ सुर्खेतको गुर्भाकोट नगरपालिकामा डिपार्टमेन्ट स्टोर स्थापना भएको हो ।
सुर्खेको मेलकुना ८, गुभाकोटमा शनिबार विहान एक औपचारिक कार्यक्रमका विच उद्घाटन भएको छ । करिब छ करोड लागतमा स्थापन भएको स्टोरका कपडा, खाद्ययान्न, इलेक्ट्रोनि लागायत प्राय सबै सामाग्री उपलव्ध हुने स्टोरका प्रमुख चन्दन थापाले जानकारी दिएका छन् ।
थापाले अव स्थानिय बासि सामाज किन्नका लागि नेपागंज, बिरेन्द्र नगर जान नपर्ने बताए । उद्घाटन समारोह गुभाकोट नगरपालिकाका मेयर हस्त पुन प्रमुख आतिथ्य र उपमेयर मैना बि.कको विशेष आतिथ्यमा सञ्चालन भएको थियो । कार्यक्रममा स्थानिय सरोकारवालको समेत उपस्थिति रहेको थियो ।

स्टोरको उद्घाटन गदै मेयर पुनले सबै सामाग्री एउटै स्थानमा पाईने व्यावस्था मिलाएकोमा धन्यबाद व्याक्त गरे । साथै उपमेयर बि.ले शिब शक्ति सहकारी मेलकु बासिको खास समस्या बुझेको बताईन् । स्थापना संगै स्टोर र सहकारीमा ७० भन्दा बढि स्थानियले रोजगार समेत पाएको प्रमुख थापाले जानकारी दिएका छन् ।

स्थानियका अनुसार डिपार्टमेन्ट स्थापना पछि सबै सामान एकै ठाउँमा पाइने भए पछि समय र पैसा बचत हुने कुरा बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्