११ मंसिर २०७९, आइतबार

स्वतन्त्र उम्मेदवार अध्यक्ष शाहीले लिए सपथ

खबरसबैको समाचारदाता, हुम्ला आइतबार, जेठ ०८, २०७९

हुम्ला- चंखेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार दिएर निर्वाचित भएका अध्यक्ष पदका उम्मेदार प्यारीलाल शाहीले एक्लै सपथ लिएका छन् । गत ६ गते सपथ लिन छुटेका अध्यक्ष शाहीलाई मुख्य निर्वाचन अधिकृत एवम जिल्ला न्यायाधीश जगत बहादुर पाैडेलले पद तथा गाेपनियातकाे सपथ गराएका छन् । शनिबार सदरमुकाम सिमकाेट पुगेका शाहीले आईतबार सपथ खाएका छन्।
गठबन्धनकाे साझा उम्मेद्वार गाेविन्दबहादुर शाही पराजित गर्दै प्यारीलाल शाही स्वतन्त्रबाट निर्वाचित भएका थिए ।

नेकपा एमाले र नेकपा एकिकृत समाजवादीको पनि सर्मथन रहेको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि निर्वाचनमा काँग्रेसबाट अध्यक्षय उम्मेदार शाहीले १७४ मतले माओवादी केन्द्रका धनलाल चाैलागाईबाट पराजित भएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: