१२ मंसिर २०८१, बुधबार

वीरेन्द्रनगर सुर्खेतमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरियो

खबरसबैको समाचारदाता, सुर्खेत आइतबार, जेठ २२, २०७९

कर्णली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरी विश्व वातावरण दिवस मनाईएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजानामा सुर्खेतमा वृक्षारोपण गरिएको छ। वीरेन्द्रनगर क्षेत्र भित्र झण्डै १०० विरुवा वृक्षारोपण गरेर दिवस मनाईएको हो ।

 

वृक्षारोपण  पछि बोल्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छिरीङ डम्डुल लामा कार्चेनले प्रदेश सरकारले वातावरण मैत्री कार्यक्रम ल्याउने भएको बतानु भएको छ । आईतबार विश्व वातावरण दिवसको अवसरमा राम जानकी सामुदायीक वनको सहकार्य, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा वृक्षारोपण कार्यक्रम सञ्चालन भएको हो ।

वातावरण संरक्षणको लागी पहिलो प्राथमिकता वन जंगल संरक्षण र वृक्षारोणमा ध्यान दिनु पर्ने मन्त्री लामाले बताउनु भएको छ । कर्णाली प्रदेशमा अन्य प्रदेशका तुलनामा भन्दा वातावरण संरक्षणको दृष्टिकोणले सहज रहेको उहाँले बताउनु भयो । बजारी करण नभएको स्थानमा वातावरण स्वच्छ नै हुने भएकाले कर्णाली प्रदेशको थोरै क्षेत्रमा मात्र बजारीकरण भएको वातावरण संरक्षणमा सहज हुने उहाँले बताउनु भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष जुन ५ मा वातावरण दिवस मनाउने घोषणा गरेअनुरुप नेपालमा पनि यो दिवस मनाउन लागिएको हो । वृक्षारोपण कार्यक्रमा मुख्यमन्त्री जीवन बहादुर शाही लगाएत मन्त्रीहरु वीरेन्दनगर प्रमुख, उपप्रमुख, सरकारी कर्मचारी लगाएतको सहभागीता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्