१२ जेठ २०८१, शनिबार

चंखेलीमा विद्युत सर्ट हुदाँ तीन घर जलेर नष्ठ

खबरसबैको समाचारदाता, हुम्ला शनिबार, जेठ २८, २०७९

हुम्लाको चंखेली गाउँपालिका ४ काे पिप्लाङमा विद्युतकाे तार सर्ट हुदाँ तीन घर जलेर नष्ठ भएकाे छ ।

राती दुई बजेतिर विद्युतकाे तार सर्ट भएर चंखेली गाउँपालिका- पिप्लाङका कर्ण बहादुर शाहीका दुई घर र जय बहादुर शाहीकाे १ घर पुर्ण रूपमा जलेर नष्ठ भएकाे हाे ।

विद्युतकाे तार सर्ट भएर आगलागीबाट तीन घर जलेर नष्ठ भएकाे चंखेली गाउँपालिका- ४ का वर्ख बहादुर शाहीले जानकारी दिए ।

कर्ण बहादुर शाहीका दुई घर जयबहादुर शाहीका एक जलेर पुरा नष्ठ भएकाे शाहीले बताए । विद्युत सर्ट भएर तीन जलेर नष्ठ भएपछि कर्णाली प्रदेश सरकारसँग राहतकाे पहलमा जुटेकाे चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताए । दुखत घटना घट्याे दुखित छु अध्यक्षले भने , मानविय र पशुचाैपाय कुनै पनि क्षति नभएकाे अध्य‍क्ष शाहीले बताए ।

खबर पाउने बितिकै कर्णाली प्रदेश सरकारकाे आन्तिरक मामिला मन्त्रालयसँग राहतकाे विषयमा पहल कदमी लिन मन्त्रालय पुगेकाे शाहीले बताए । घटनाकाे क्षति कति भएकाे छ एकिन गर्न नसकिएको अध्यक्ष शाहीकाे भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्