१६ चैत्र २०८०, शुक्रबार

कर्णाली प्रदेश सरकारले प्रदेश र सुर्खेत जिल्लाको उत्कृष्ट दुई उद्यमीलाई सम्मान गरेको छ ।

खबर सबैको समाचारदाता, सुर्खेत आइतबार, जेठ २९, २०७९

कर्णाली प्रदेश सरकारले प्रदेश र सुर्खेत जिल्लाको उत्कृष्ट दुई उद्यमीलाई सम्मान गरेको छ । आर्थिक बर्ष २०७८÷७९ मा प्रदेश भरीको सबै भन्दा राम्रो काम गर्ने उद्यमीलाई २ लाख र सुर्खेत जिल्ला भरी राम्रो काम गर्ने उद्यमीलाई १ लाख नगदले सम्मान गरेको हो । आईतबार उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आयोजना गरेको सम्मान कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छिरीङ डम्डुल लामा कार्चेनको हातबाट सम्मान पत्र सहित नगद राखि प्राप्त गरेका छन् ।

सम्मानीत हुनेमा प्रदेश स्तरीयमा कुशे गाँउपालिका वडा नम्बर ८ जलजला नेपाली हाते कागज उद्योकका सञ्चालक मान बहादुर थापाले सम्मान पत्र सहित २ लाख नगद र सुर्खेतबाट गोलोवल च्याउ तथा कृषि उद्योगका सञ्चालक वसन्ती कुमारी अधिकारीले सम्मान पत्र सहित १ लाख नगले सम्मानीत भएका छन् ।
उत्कृष्ट उद्यमी सम्मान कार्यक्रमा बोल्दै मन्त्री लामाले कर्णालीका उद्यमीहरुलाई तालिम सहितको आवश्यक सामान दिने बताएका छन् । जस्ले तालिम लिन्छ उसैले आवश्यक सामान पाउनुपर्ने उनको भनाई छ । आउदो बजेटमा उद्यमीमैत्री कार्यक्रम र सौलियतमा ऋीणको व्यवस्थ गर्ने बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्